|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो चरणको निर्वाचनमा आफूहरु असफल भएको बताएका छन्। प्रदेश नम्बर २ का जनताले सामाजिक सद्भावको पक्षमा उभिएको पार्टीलाई मतदान गर्ने आशा भए पनि आफूहरु असफल भएको उनले दावी गरे।

एमालेको आठौं केन्द्रीय कमिटीको बैठकमा शुक्रबार उनले सत्तारुढ दलले सत्ताको अत्यधिक दुरुपयोग गरेर आफूहरुलाई पराजित गरेको ओलीले दावी गरे। 'यो अलोकतान्त्रिक चरित्रका कारण हामी असफल भएका हौं। सत्ताको आडमा कांग्रेस र माओवादी केन्द्रले पैसा बाँडे धाँधली गरे' उनले भने।

सरकारमा रहेका दलहरु कांग्रेस र माओवादी केन्द्रले आफूलाई सहयोग नगर्ने प्रशासकहरुको मनपरी सरुवा गरेका कारण पनि चुनावमा प्रभाव परेको ओलीले बताए। चुनावको बेलामा ६० जिल्लाका प्रमुख जिल्ला अधिकारी र न्यायाधीशहरु सरुवा गर्दा पनि निर्वाचन आयोगले आचारसंहिता उलंघनको आरोपमा केही गर्न नसकेको भन्दै ओलीले असन्तुष्टी जनाए।

'मैले निश्पक्ष निर्वाचन होस् भनेर आग्रह गर्दा मलाइ नै आचार संहिता उलंघन गर्‍यो भनेर पत्र काट्यो' उनले भने 'आचार संहिता पनि एमालेलाई मात्र लाग्ने रहेछ।' एमालेले दुई नम्बर प्रदेशमा धेरै जित निकाल्न नसके पनि पहिलो पार्टी नै रहने ओलीले बताए। 'मंसिर १० र २१ गते बहुमत ल्याएर इतिहासमा पहिलो पटक बहुमतसहितको सरकार बनाउँछौं' उनले भने।

केन्द्रीय सदस्यहरुलाई संबोधन गर्दै उनले प्रदेश नम्बर २ मा जस्तो परिणाम आए पनि प्रदेश सरकार एमालेले बनाउनेमा ढुक्क हुन आग्रह गरे। एमालेले अहिले लिएको नीति ठीक रहेको भन्दै ओलीले एमाले वुद्धिविलास गर्ने पार्टी नभएको जिकिर गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • हरुवाका छेरुवा ताल : जनमत स्वीकार्न नसक्नेको वेहाल |