|

भक्तपुर : प्रहरी हाम्रो टोलमा भन्ने नारासहित जिल्ला प्रशासन कार्यालय र महानगरीय परिसर भक्तपुरले  शुक्रबार शान्ति सुरक्षा, सुशासन, जनमैत्री प्रहरी र प्रशासन विषयक सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले सबै तह, तप्काको सहयोग र समन्वय रहेका खण्डमा शान्त समाजको निर्माण गर्न सकिने भएकाले प्रहरीसँग नागरिकको सहकार्यताले मात्र यसलाई पूर्णता दिने बताए।

त्यसैगरी, प्रहरी उपरीक्षक किरण राणाले भक्तपुर नेपालकै शान्त जिल्ला भएकाले सुरक्षाका हिसाबले सक्षम जिल्ला भएको बताइन्। उनले प्रहरी र नागरिकको दूरी जति कम हुन्छ त्यति नै मात्रमा अपराध कम हुने भएकाले प्रहरी हाम्रो टोल टोलमा हुँदा नागरिकले समेत शान्तिको महसुस गर्ने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.