|

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका-७ जीतपुरका एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ। जितपुरस्थित भन्ज्याङडाँडानजिक घर भएका ४३ वर्षीय भोजबहादुर दर्जीको भीरबाट लडेर मृत्यु भएको हो। गाउँकै स्थानीय स्याबुने भीरबाट खसेर दर्जीको घटनास्थलमै मृत्यु भएको स्थानीय खगेन्द्रप्रसाद पौडेलले जानकारी दिए।

दर्जी बिहान करिब ४ बजे घरबाट निस्किएका थिए। भीरबाट खसेको अवस्थामा दिउँसो उनको शव फेला परेको हो। मृतकको शव पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको धनकुटाका प्रहरी प्रवक्ता धनप्रसाद शिवाकोटीले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.