|

सिमकोट : हुम्लामा दसैँमा घर  पोत्नका लागि माटो खन्न गएका २ जनाको माटाको ढिस्कोमा पुरिएर मृत्यु भएको छ। मृत्यु हुनेमा  चंखेली गाउँपालिका २ भट्टेवाडा निवासी २८ वर्षीय शुवेन्द्र भट्टराई र १३ वर्षीय सिर्जना जैशी  रहेका छन्।

चंखेली गाउँपालिको भट्टेवाडादेखि २ सय किलोमिटर टाढाको लोती खोलामा  रहेको माटोको ढिस्कोले पुरिएर २ जनाको  मृत्यु भएको  चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईले बताए।

शुक्रबार बिहान  ८  बजेतिर लोती खोलामा रहेको माटो निकाल्न गएका उनीहरुको माटो निकाल्न लाग्दा माथिबाट खसेको ढिस्कोले पुरिएर घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कमल प्रसाद नेपालले बताए। ढिस्कोले पुरिएपछि केहीबेर स्थानीयहरुले उद्धार गर्न खोजे पनि माटो पन्छाउन ढिलाइ भएका कारण  दुवैजनाको ज्यान गएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.