|
कवि घनश्याम कँडेललाई मदन पुरस्कार प्रदान गर्दै गुठीका अध्यक्ष कुन्द दीक्षित।

ललितपुर: नेपाली साहित्य क्षेत्रको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार यस वर्ष (२०७३) का लागि कवि घनश्याम कँडेल र जगदम्बाश्री सम्मान कार्टुनिष्ट दुर्गा बराल (वात्स्यायन)लाई प्रदान गरिएको छ। पुरस्कृत र सम्मानित दुवै स्रष्टालाई सम्मानपत्रका साथै जनही नगद दुई लाख रुपैयाँ प्रदान गरिएको छ।

मदन पुरस्कार र जगदम्बाश्री सम्मान शुक्रबार ललितपुरस्थित रातो बंगला स्कुलमा आयोजित एक समारोहमा प्रदान गरिएको हो।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले कार्टुन चित्रका माध्यमबाट समाज र राजनीतिको विश्लेषणमा पाँच दशकदेखि अनवरत काम गरेकोमा वात्स्यायनलाई जगदम्बाश्री सम्मान प्रदान गरिएको बताए। त्यस्तै छन्द कविता कृति 'धृतराष्ट्र' लेखेर नेपाली साहित्यलाई उत्कृष्ट छन्द कृति दिएकोमा कँडेललाई मदन पुरस्कार प्रदान गरिएको जानकारी दिए।

कार्टुनिस्ट दुर्गा बराल (वात्स्यायन)लाई जगदम्बाश्री सम्मान प्रदान गर्दै गुठीका अध्यक्ष कुन्द दीक्षित।

जगदम्बाश्री सम्मानबाट सम्मानित भएका दुर्गा बराल (वात्स्यायन)ले पहिलोपटक कार्टुनिस्टलाई जगदम्बाश्री सम्मान दिएकोमा खुसी लागेको बताएका थिए। उनले कार्टुन विधामा लागेका सबैलाई यो सम्मानले सम्मानित बनाएको बताए।

त्यस्तै 'धृतराष्ट्र' छन्द कविता कृतिका रचनाकार घनश्याम कँडेलले २६ वर्षपछि छन्द कवितालाई मदन पुरस्कार दिइएकोमा खुसी व्यक्त गरे।

पुरस्कार वितरण र सम्मान कार्यक्रममा संस्कृति संरक्षणमा संलग्न सुदर्शनराज तिवारीले भूकम्पपछिको पुनर्निर्माणको बारेमा प्रवचन दिएका थिए।

पुरस्कार वितरण र सम्मान कार्य्रकम सुरु गर्दै गुठीका अध्यक्ष दीक्षित।

जगदम्बाश्री सम्मानबाट सम्मानित दुर्गा बराललाई ओल्क्याएर मञ्चमा लगिँदै।

दुर्गा बराललाई आरतिद्वारा सम्मान गरिँदै।

जगदम्बाश्री सम्मान प्राप्त गरेपछि दुर्गा बराल।

मदन पुरस्कारद्वारा पुरस्कृत कवि घनश्याम कँडेललाई ओल्क्याएर मञ्चमा लैजाँदै।

मदन  पुरस्कारद्वारा सम्मानित कवि कँडेललाई आरति गरिँदै।

मदन पुरस्कारवापतको दुई लाख रुपैयाँ नगद ग्रहण गर्दै कवि कँडेल।

कवि कँडेललाई माला लगाइदिँदै।

पुरस्कार ग्रहण गरेपछि कवि कँडेल।

मदन पुरस्कार प्राप्त घनश्याम कँडेल र जगदम्बाश्री पुरस्कार प्राप्त दुर्गा बराल।

पुरस्कार वितरण सभामा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, गत वर्षको मदन पुरस्कार प्राप्त कथाकार रामलाल जोशी र कवि उषा शेरचनलगायत व्यक्तित्वहरू।

सभालाई सम्बोधन गर्दै दुर्गा बराल।​

सभालाई सम्बोधन गर्दै कवि कँडेल।

पुरस्कार तथा सम्मान वितरणपछि सामूहिक फोटो खिचाउँदै दायाँबाट गुठीका अध्यक्ष कुन्द दीक्षित, कार्टुनिस्ट दुर्गा बराल, सुदर्शनराज तिवारी, कवि कँडेल र गुठीका सदस्य सचिव दीपक अर्याल।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.