|

लहान : सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकामा कांग्रेसका परशुराम चौधरी तीन हजार तीन सय ९५ मतसहित अध्यक्ष पदमा विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नकपा एमालेका बद्री नारायण चौधरीले एक हजार। चार सय ५३ मत ल्याएका छन्।

गाउँपालिका अध्यक्षमा कांग्रेसकै मिना चौधरी दुई हजार नौ सय ४८ मतसहित विजयी भएकी छन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमकी निशाकुमारी चौधरीले एक हजार पाँच सय ६२ मत प्राप्त गरेकी छन्।

छ वडा रहेको कृष्णसवरणमा वडा नं. १, ४ र ५ को वडाध्यक्ष कांग्रेस, २ र ३ नं. वडाध्यक्ष माओवादी केन्द्र र ६ नं. वडाध्यक्ष एमालेले जितेको छ। अग्निसाइर कृष्णसवरणसहित सप्तरीमा शुक्रबार साँझसम्म सात स्थानीय तहको मतगणनाको अन्तिम नतिजा घोषणा भइसकेको छ। घोषित सात स्थानीय तहमध्ये डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिका राजपा, सप्तकोशी नगरपालिका एमाले, तिरहुत गाउँपालिका संसफोरम, अग्निसाइर, बेलही चपेना र विष्णुपुर गाउँपालिका कांग्रेसले जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.