|

विराटनगर : नेपाली कांग्रेस विराटनगरको वडा नम्बर ९ को कार्यालयबाट ६ जना र विराटनगर–४ बाट ८ जना जुवाडे पक्राउ परेका छन्। पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३ लाख १५ हजार नगद, जुवा खेल्न प्रयोग गरिएका तास र कौडा समेत बरामद गरेको छ। 

कांग्रेस कार्यालयबाटै पक्राउ परेका जुवाडेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। स्रोतका अनुसार पक्राउ परेका अधिकांश कांग्रेसका स्थानीय नेता हुन्। कांग्रेसको जिल्ला तहका नेताको दबाबका कारण प्रहरीले जुवाडेको नाम सार्वजनिक नगरेको हो।

गोप्य सूचनाको आधारमा छापा मार्दा विराटनगर–९ को कांग्रेस कार्यालय रहेको स्थानबाट १ लाख ८५ हजार रुपैयाँ सहित ६ जना र विराटनगर–४ मा रहेको केशब थापाको घरबाट १ लाख ३० हजार रुपैयाँसहित ८ जना जुवाडे पक्राउ परेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले बताए।

जुवा खेलाउने तथा खेल्नेको विषयमा थप अनुसन्धान भइरहेको विसीले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.