|

इलाम : देउमाई नगरपालिकास्थित मंगलबारेमा सम्पन्न टंकमाया गौतम स्मृति १ नम्बर प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि झापाका राजन सुवेदीले जितेका छन्। उनले ६ अंक बनाए। 

आफ्नो अन्तिम खेलमा उनले पूर्व नेपाल च्याम्पियन भूपेन्द्र निरौलालाई पराजित गरे। त्यस्तै भोजपुरका सुमन राई दोस्रो भए। अन्तिम खेलमा उनले मोरङ्गका उमेश राईलाई घुँडा टेकाए। 

जितपछि सुमनको पनि ६ अंक नै भएको थियो। समान अंक भएपनि उनी टाइब्रेकका आधारमा दोस्रो भएका हुन्। राजुसँग पराजित भएका भूपेन्द्र निरौला तेस्रो भए। उनको ५ अंक छ।

त्यस्तै प्रतियोगितामा सुनसरीका हिमाल राई चौथो भए भने समान ५ अंक भएका धनकुटाका सुमन श्रेष्ठ पाँचौं, ४.५ अंक बनाएका मोरङ्गका उमेश राई छैटौं, ४.५ अंक नै बनाएका झापाका प्रकाश नेपाल सातौं,इलामका सुरेन्द्र कुमार राई आठौं, सुनसरीका चुडामणी कुलुङ्ग राई नवौं  तथा भोजपुरका कुबेर राई दशौं भए। 

प्रतियोगितमा वेष्ट देउमाइको उपाधि डा. सुवास अधिकारीले पाए । त्यस्तै वेष्ट इलामको उपाधि याम लिम्बुले हात पारे भने अनरेटेडतर्फको उपाधि ताप्लेजुङ्गका राजकुमार गुरुङ्गले हात पारे। वेष्ट यु–२० को उपाधि सुनसरीका सुसन आचार्यले जिते। 

वेष्ट वुमनको उपाधि इलामकी श्रृष्टी पन्डितले प्राप्त गरिन्। यु–१५ को उपाधि पनि इलामका इमान पन्डितले हात पारे। उपाधि विजेताले नगद २५ हजार रुपैयाँ,दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुनेले नगद १० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गरे। 

चौथो हुनेले ७ हजार, पाँचौले ५ हजार, छैटौ र सातौंले ३÷३ हजार, आठौ, नवौं र दशौंैं ले २÷२ हजार प्राप्त गरे। अन्य विधाका विजेताले जनही २ हजार रुपैयाँसहित मेडल प्राप्त गरे। 

विजेताहरुलाई उद्योग वाणिज्य संघ मंगलबारेका अध्यक्ष मात्रिका प्रसाद घिमिरे, नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष विदूर गौतम लगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा एक नम्बर प्रदेशका ३२ खेलाडीको सहभागिता थियो। 

१ वर्षअघि निधन भएकी टंकमाया गौतमको वार्षिकीको अवसरमा पारेर नेपाल बुद्धिचाल संघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको मृतक टंकमायाका छोरा तथा नेपाल बुद्धिचाल संघका केन्द्रीय उपाध्यक्ष विदूर गौतमले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.