|

काठमाडौं : पोखराका वुद्ध लामा पहिलो नेपाल आइडल बनेका छन्। शुक्रबार राति कतारको दोहामा भएको ग्राण्ड फिनालेमा बुद्ध लामालाई पहिलो नेपाल आइडल घोषणा गरिएको हो। दर्शकहरुबाट सबैभन्दा बढी भोट प्राप्त गरेर पोखरा नयाँ बजारका २० वर्षीय लामा नेपाल आइडल बनेका हुन्।

तीन उत्कृष्ट प्रतिस्पर्धीबाट विजेता चयन गर्न दर्शकहरुले ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट गरेकोमा लामाले मात्र ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाएका थिए।

जितसँगै उनले २ लाख रुपैयाँ नगद, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँ बराबरको एल्बम कन्ट्र्याक पाएका छन्। त्यस्तै मोरङ उर्लाबारीका निशान भट्टराई फस्ट रनर अप भए भने ललितपुर झरुवाराशीका प्रताप दास सेकेन्ड रनर अप भए। निशानले ३ करोड ५० लाख ५६ हजार २ सय २३ भोट पाए भने प्रताप दासले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ मत पाए। फस्ट रनर अप भट्टराईले १५ लाख रुपैयाँ र सेकेन्ड रनर अप प्रताप दासले १० लाख रुपैयाँ पाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.