|

लहान : प्रदेश नम्बर २ मा नयाँ शक्ति पार्टी नेपालले पनि खाता खोलेको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिकामा नयाँ शक्ति पार्टी नेपालका सूर्यनारायण मण्डल विजयी भएका छन्। उनले २८०५ मत ल्याएर विजयी भए।

निकटतम प्रतिद्वन्द्वी राजपाकी विमलदेवी यादवले जम्मा १३८५ मत प्राप्त गरिन्। त्यस्तै उपाध्यक्षमा भने राजपा नेपालकी  उषाकुमारी मण्डल १७१० मतसहित विजयी भएकी छन्।

निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिकी प्रमिलादेवी साह १५८० मत ल्याइन्। प्रदेश नम्बर २ मा नयाँ शक्तिले नेकपा संयुक्तसँग गठबन्धन गरी चुनावमा सामेल भएको थियो। उसको चुनाव चिह्न हसिया थियो। पहिलो र दोस्रो चरणमा नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग गठबन्धन गरेर चुनावमा प्रतिस्पर्धा गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.