|

सिमकोट : हुम्लाको रिपगाउँको सामुदायिक वनमा मह निकाल्ने क्रममा रुख ढल्दा च्यापिएर दुई जनाको मृत्यु भएको छ। सर्केगाढ गाउँपालिका–२ रिप गाउँका ६५ वर्षीय घोल्से बुढाथोकी र ५३ वर्षीय रति रावतको मृत्यु भएको हो। 

घर नजिकैको सामुदायिक वनमा बिहीबार वनमौरी भएको रुख ढाल्दै  गर्दा  दुवै जना चिप्लिएर रुखमुनि च्यापिएका थिए। केही समयपछि आफन्तले अस्पताल लग्दैगर्दा बाटोमै उनीहरूको मृत्यु भएको स्थानीय जसबहादुर महताराले जानकारी दिए। उनीहरू रुखमा च्यापिएको केही समयपछि मात्र थाहा पाएको स्थानीय गणेश महताराले बताए । 

यस्तै पहिरोमा परी हुम्ला जिल्ला अदनचुली गाउँपालिका–२ श्रीनगरका ३४ वर्षीय तेजबहादुर बुढाको ज्यान गएको छ। दशैंका लागि भेडा–बाख्रा लिन जाने क्रममा राँगे गउँडाको भिरमा गएको पहिरोमा बुढाको मृत्यु भएको  कजाडी प्रहरीचौकीका प्रहरी नायब निरीक्षक पदमराज पाण्डेयले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.