|

सप्तरी : सुरुङ्गा नगरपालिका प्रमुखमा कांग्रेसका मुक्तिनाथ चौधरी विजयी भएका छन्। उनी ५२७९ मत ल्याई  नगरप्रमुख निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामनारायण चौधरीले ५०६९ मत ल्याए।

कांग्रेसकी बिन्दाकुमारी पासवान ५०३६ मत पाई उपप्रमुख निर्वाचित भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी सविना डोटेलले ५००४ मत प्राप्त गरिन्।

सप्तरीको १८ मध्ये १२ स्थानीय तहको अन्तिम नतिजा घोषणा भइसकेको छ। कांग्रेसले   १ नगरपालिकासहित ४ तहमा जितको छ। राजपाले   १ नगरपालिकासहित ३ स्थानमा जीत हासिल गरेको छ।यस्तै संघीय समाजवादी फोरमले   १ नगरपालिकासहित ३ तहमा जितेको छ।

एमालेले १ नगरपालिका र नयाँ शक्तिले  १ गाउँपालिकामा जितेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.