|

रुपन्देही : सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डमा पहिरोलेले सवारी साधन पुरिदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएको प्रहरीले जनाएको छ।

मृतकको खनाखत हुन सकेको छैन। गाडीमा सवार अरु पनि पुरिएको हुनसक्ने प्रहरीले बताएको छ।

गए राति सडक अवरुद्ध भएको थिए। शनिबार बिहानदेखि एकतर्फी खुलेको सडकमा सवारी चलाउँदा दोभानको हेडबक्स भन्ने ठाउँमा फेरि पहिरो खसेर दुई वटा गाडी पुरिएका थिए।

पहिरोले लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरेको छ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ।

सडक अवरुद्ध भएपछि दसैंमा घर फर्किनेहरु अलपत्र परेका छन्। पाल्पाको माथिल्लो सिद्धबाबादेखि बुटवलको गोलपार्कसम्म गाडीको लाईन लागेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.