|

रुपन्देही :सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा पहिरो जाँदा ट्रक र कार पुरिंदा ३ जनाको मृत्यु भएको छ।

आज बिहान पहाडबाट ढुंगासहित खसेको पहिरोले पाल्पाबाट बुटवल आउँदै गरेको ना३ख ६१९२ नम्बरको ट्रक र गुल्मीबाट बुटवल तर्फ आईरहेको लु १च ७९९४ नम्बरको मारूती कार पुरेको थियो।

पहिरोमा पुरिएर पाल्पा तिनाउ गाउँपालिका ४ का माधव राना र गुल्मी रूरू गाउँपालिका काउलेका तिलकराम भण्डारी र गुल्मी बलेटक्सारका यमलाल ज्ञवाली (अर्जुन) रहेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

पहिरोले च्यापिएर अरु २ जना सामान्य घाईते भएका छन, उनीहरुको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ।

पहिरोका कारण बिहानैदेखि सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा हुँदै पोखरा, वाग्लुङ्ग लगायतका स्थानमा जाने र विभिन्न स्थानबाट बुटवल आउने दर्जनौं सवारी साधन रोकिएका छन्। जसका कारण सयौं यात्रु अलपत्र परेका छन्। 

पहिरो हटाउने काम जारी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। हरेक वर्ष सिद्धबाबा क्षेत्रमा ठूला ढुंगा सहितको पहिरो जाँदा कयौं मानिसको मृत्यु हुनुका साथै दर्जनौ सवारीसाधनमा क्षति पुग्ने गरेको छ।  

पढ्नुस् : पहिरोले कार र ट्रक पुर्‍यो, २ जनाको मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.