|

धनकुटा : उद्योगमन्त्री सुनीलबहादुर थापाले राप्रपाका अध्यक्ष कमल थापाले एकाधिकार मात्रै प्रयोग गरेर पार्टी चलाउन खोजेकाले पार्टी फुटेको बताएका छन्। गृहजिल्ला धनकुटा आइपुगेका मन्त्री थापाले शनिबार धनकुटाका पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा पार्टी भित्रको एकाधिकार र चुनाव चिह्नको विषयमा राप्रपा अध्यक्ष कमल थापाको निरंकुश प्रवृत्तिले पार्टी फुटेको आरोप लगाए।

आफू वाणिज्य तथा आपूर्तिमन्त्री भएको बेला पेट्रोलियम पदार्थ खरिद गर्न निजी क्षेत्रलाई दिन भनी बनाएको ऐन एमाले अध्यक्ष केपी ओली सरकारले खारेज गरी आयल निगमको एकाधिकार बनाएको मन्त्री थापाको भनाइ थियो।

धनकुटालाई प्रादेशिक राजधानी बनाउन के पहल गर्दै हुनुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री थापाले कांग्रेस र राप्रपा प्रजातान्त्रिक मिलेर धनकुटालाई प्रादेशिक राजधानी बनाउन लागिपरेको तर, त्यसमा एमालेको स्पष्ट धारणा आफूले नपाएको बताए। उनले भने, ‘प्रादेशिक राजधानी धनकुटालाई बनाउन लागिरहेको र भइहाल्छ भनेर ढुक्क भएर पनि बसेका छैनौं।’

धनकुटा क्षेत्र न २ का प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका मन्त्री थापाले आफू निर्वाचित हुनुभन्दा पहिले जनतासामु गरेका वाचा पूरा गरेको दाबी गरे ।

अर्को एक प्रसंगमा मन्त्री थापाले धनकुटाको बेलहारा डाँडामा निर्माण हुन लागेको एयरपोर्ट निर्माण गर्न सम्बन्धित निकायमा पहल गरी दबाब दिइरहेको भन्दै धनकुटामा आफ्नो बुबाले गुड्ने बाटो बनाएको र छोरालाई उड्ने ठाउँ बनाउने इच्छा भएर त्यसमा लागिपरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.