|

जनकपुर : धनुषाको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले दोब्बर बढीको अग्रता लिएका छन्। नगर प्रमुखमा पहिलो स्थानमा रहेका राजपा नेपालका उम्मेदवार लालकिशोर साहले कांग्रेसका उम्मेदवार मनोजकुमार साह सुडीले भन्दा ९ हजार मत बढी ल्याएका छन्।

लालकिशोरले १६ हजार २८ मत ल्याउँदा मनोजको मत जम्मा ७ हजार ९५ आएको छ। तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार लक्ष्मीनारायण भगतले २ हजार ६ सय ९८ मत ल्याएका छन्।

उपप्रमुखमा पनि राजपा नेपालकी रिताकुमारी मिश्रले झण्डै दोब्बर अग्रता लिएकी छन्। उनले १२ हजार २ सय ७७ मत ल्याउँदा कांग्रेसकी निलमदेवी कर्णले ६ हजार ७ सय ४ मत ल्याएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.