|

अर्जुन बोहरा-

    सिमकोट : हुम्लाको  उतरी चिनको तिब्बतसँग जोडिएका नाकाबाट दसैंको लागि भन्दै व्यापरीहरुले  ३ हजार च्याङ्ग्रा  (खसीबोका ) भित्र्याएका छन्। हिल्सासँगै जोडिएको यारी,  लिमीको लाप्चा,  ठेहेको  ताकु र श्रीमष्ठाको टाँके नाकाबाट प्रतिदिन चिनियाँ च्याङ्ग्रा भित्र्याइरहेको सिमकोट गाउँपालिका २ निवासी खसी व्यापारी गोले बोहराले बताए।

    दसैंका लागि  भन्दै ५सयको संख्याको च्याङ्ग्रा (खसीबोका ) तिब्तका व्यापरीबाट किनेको, अहिले त्यसको मुल्य ६ हजारदेखि १६ हजारसम्म मूल्य पर्नेसमेत बताएका छन्। दसैं लागेलगतै हुम्लासँग जोडिएका  बाजुरा, अछाम लगायतका जिल्लाबाट पनि स्थानीय खसी बोका भित्रिएका छन्। यो वर्षको दसैंमा हुम्लामा खसीको अभाव नहुने खसी व्यापरी रमचन्द्र बुढाले बताए।

    आफैंले ३ सय खसीबोका बझाङ्गबाट किनेर ल्याएको र आफूसँगैका अन्य खसी व्यापरीले समेत ५ सय हाराहारी स्थानीय खसी बोका (खसीया भेडाबाख्रा) जिल्लाबाहिरबाट खरेतेर ल्याएको बताए। स्थानीय खसीको मूल्य ८ हजारदेखि २० हजारसम्म मूल्य पर्ने भएकोले पनि अहिले स्थानीय खसीबोका भन्दा च्यांङ्ग्राको बढी विक्री भइरहेको बताए। 

    सधैंभरी सिमकोट बाजार आसपासमा मासुको हाहाकार हुने अवस्थामा हिजो आज सिमकोट बजार लगायतका गाउँघरमा चिनियाँ च्याङ्ग्रा र स्थानीय भेडा बाख्राको संख्या गत वर्षभन्दा यस वर्षमा बढी भित्रिएकोले पनि मासुको अभाव नहुने सञ्‍चालक रावतले बताए।

    साथै हरेक दिन आफूले ५ देखि १० वटा खसीबोका कटान गरी मासु बिक्री गरेको र अझै बजारबासीलाई मासु नपुगेको बताए। दसैं नजिकिएसँगै बजारमा खसीबोकाको खरिद बिक्री गर्नेहरु आउन थालेपछि पहिला भन्दा अहिले चहलपहल हवात्तै बढेको बताए।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.