|

इलाम : दक्षिणी क्षेत्र रोङ गाँउपालिका– १ स्थित विरिङ खोलाको झोलुङगे पुलमुनि एक जनाको शव फेला परेको छ। शव स्थानीय ६२ वर्षीय दुर्गा प्रसाद खनालको रहेको प्रहरीले जनाएको छ। 

बिहिवार घरबाट निस्किएका खनाल शुक्रबार झोलुङगे पुलमुनि घाँटी रेटिएको अवस्थामा फेला परेको इलामका प्रहरी उपरीक्षक विपिन कर्मचार्यले बताए। शवको थप परीक्षणको लागी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको कर्माचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.