प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

साहित्य

साहित्य सन्ध्यामा गुन्जिए गीत-गजल र कविता
SHARES

असोज ७, २०७४

    काठमाडौं : साहित्य सन्ध्याको नियमित मासिक ३७७ औं शृङ्खला ‘संस्कार, संस्कृति र सामाजिक रूपान्तरण’ विषयक परिचर्चा तथा शुभकामना विशेष कवि गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ।

    शनिबार आर.आर.क्याम्पस, प्रदर्शनीमार्गमा सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न विशेष समारोहमा प्रमुख अतिथि प्रा.डा.कृष्णबहादुर थापा, अतिथिहरूप्राज्ञ विष्णु प्रभात, प्राज्ञ नर्मदेश्वरी सत्याल, वरिष्ठ कविहरू उमेश उपाध्याय र विधान आचार्य, के.पी.ढकाल, गोविन्दप्रसाद आचार्य, डा.अतीन्द्र दाहाल, ब्रह्मप्रिय प्रेमस्वरूप लगायतले आफ्ना धारणा राखेका थिए।

    विशेष गोष्ठीमा उमेश उपाध्याय, अभ्यस्त यात्री, रमेश गौतम ‘पाल्पाली’, गोविन्दप्रसाद आचार्य, अच्यूत घिमिरे, रामचन्द्र खतिवडा, गायत्रीकुमार चापागाईँ, के.पी.ढकाल, गोपाल मैनाली, मुकुन्द न्यौपाने, डा.अतीन्द्र दाहाल, नर्मदेश्वरी सत्याल, भावना न्यौपाने, ब्रह्मप्रिय प्रेमस्वरूप, यदुनाथ वसन्तपुरे, प्रशान्त खरेल, प्रा.डा.खेम दाहाल, रूपक अलङ्कार, विधान आचार्य र रमेश पोखरेलले आ-आफ्ना कविता, मुक्तक, गीत, गजल वाचन गरे।

    वाचित कवितामाथि कवि विधान आचार्यले टिप्पणी गर्नुहुँदै नेपाली प्रगतिवादी साहित्यको उत्थानमा अविच्छिन्न तीन दशकभन्दा बढी समयदेखि साहित्य सन्ध्याले गरेको योगदान अतुलनीय रहेको बताए। उनले नेपाली साहित्यको उन्नयनका लागि यी कविताले अहम् भूमिका खेल्ने धारणा राखे।

    प्राज्ञ विष्णु प्रभातले ‘संस्कार, संस्कृति र रूपान्तरण’ विषयमा बोले। उनले दसैँ दस प्रकारका भाव, संस्कार र जाति मिलेर बनेको चाड रहेको धारणा राखे। समशीतोष्ण पर्यावरणमा बस्ने संसारका धेरै मान्छेले फरक फरक रूपमा दसैँ मनाउने उनले बताए।

    प्रमुख अतिथि प्रा.डा.कृष्णबहादुर थापाले साहित्य सन्ध्याको यति लामो समयदेखिको अविच्छिन्नता ज्यादै अनुकरणीय लागेको बताए।  'संस्कारमा विविधता हुन्छ, जन्मदेखि मृत्युसम्मका र अझ जन्मभन्दा अगाडिका संस्कार हुन्छन्। समयक्रममा तिनै संस्कारहरू संस्कृतिमा रूपान्तरण हुन्छन्। संस्कार जहिले पनि समाजसापेक्ष हुन्छ । नेपालको समाज मिश्रित भएकाले केस्रा केस्रामा केलाउँदा संस्कारमा पनि पृथकता छ र अचेल जातजातिका संस्कारलाई एकताबद्ध पार्नेभन्दा विभाजन गर्ने प्रवृत्ति मौलाउन खोजेको पाइन्छ।'

    उनले भने,' हाम्रा संस्कार र संस्कृतिको असल पक्ष भनेकै एउटाले अर्कोलाई हस्तक्षेप नगर्नु हो। जनता मात्र होइन हाम्रो सत्तासमेत धर्मनिरपेक्ष नै रहेको पाइन्छ जब कि अहिले पनि बेलायतमा राजतन्त्र प्रोटेस्टेन्ट नै हुनुपर्छ, त्यो कट्टरता बाँकी नै छ।'

    उनले विद्यमान संस्कारमा रूपान्तरणको प्रयत्न गर्दै  अरूको लागि उदाहरण पेस गर्नु आजको आवश्यकता रहेको बताए।

    गोष्ठीका अध्यक्ष राम विनयले साहित्य सन्ध्यामा हरेक महिना एउटा न एउटा विषयमा गम्भीर बहस गर्ने र कविगोष्ठी गर्ने प्रचलन रहेको जानकारी गराए। 'आज नजिकिएका नेपाली मात्रका चाडहरू दसैँ, तिहार, नेपाल सम्वत्, छठ, इद लगायतका संस्कार र तिनमा रूपान्तरणको आवश्यकता विषयमा बहस गर्नु सान्दर्भिक ठानेर यो विशेष समारोहको आयोजना गरेका हौँ ,' उनले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]