|

झापा : शसस्त्र प्रहरीको विभागीय टोली एपीएफ क्लब झापाको शिवसताक्षीस्थित दूधेमा जारी प्रथम दूधे गोल्डकपको सेमिफाइनल प्रवेशको गरेको छ। आज भएको पहिलो चरणको अन्तिम खेलमा रुपन्हेदी–११ लाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनल पुगेको हो। 

पहिलो हाफको ३६ औं मिनेटमा युवराज खड्काले गरेको गोलसँगै एपीएफले अग्रता लिएको थियो। श्याम नेपालीको पासलाई सदुपयोग गर्दै खड्काले गोल गरेका हुन्।

त्यसअघि एपिएफले धेरै गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेको थिएन। पहिलो हाफमा १–० ले अगाडी भएको एपिएफले दोस्रो हाफको १६ औँ मिनेटमा अर्को गोल थप्यो। उक्त गोल पनि एपिएफका खड्काले नै गरेका थिए।

७ मिनेटपछि रुपन्देहीबाट विदेशी खेलाडी जुलिडले गोल फर्काए। खेल मैदानको मध्य भागबाटै जुलिडले प्रहार गरेको गोलमा परिणत भएको थियो। तर त्यसपछि थप गोल गर्न नसक्दा रुपन्देही पराजित भयो। 

प्रतियोगिताअन्तर्गत भोलिबाट सेमिफाइनलका खेलहरु सञ्चालन हुनेछ। भोली हुने पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड, काठमाडौं र मोरङ–११ बीच प्रतिस्पर्धा हुने आयोजक दूधे युथ क्लबले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.