|

काठमाडौं : आश्विन शुक्ल पक्षको चतुर्थी तिथि। शारदीय नवरात्र –बडादशैं) को चौथो दिन। नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ। 

यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन्। कुष्माण्डाको आराधनाबाट रोग, शोक र विभिन्न प्रकारका कष्ट निवारण हुने विश्वास गरिन्छ।

नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपमा भगवतीको आराधना गर्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.