|

काठमाडौं : स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत असोज २ गते प्रदेश नम्बर २ मा भएको निर्वाचनको नतिजा आउनेक्रम लगभग अन्तिम चरणमा पुगेको छ। १३६ स्थानीय तहमा भएको निर्वाचनको १२२ स्थानको नतिजा सार्वजनिक भइसकेको छ।

हालसम्म सार्वजनिक नतिजा अनुसार कांग्रेसले ३६, संघीय समाजवादी फोरमले २३, राजपाले २१, माओवादीले २०, एमालेले १६, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ तथा नयाँ शक्ति पार्टी नेपालले १ स्थानमा जित हात पारेका छन्।

नतिजा आउन बाँकी १४ स्थानीय तहमध्ये ४/४ वटामा कांग्रेस र एमालेले अग्रता लिएका छन्। जसमा बाराको कलैया उपमहानगरपालिकामा एमाले कांग्रेसभन्दा मात्र ३० मतले अघि छ। यस्तै सप्तरीको कञ्चनरुप नगरपालिकामा पनि एमालेलाई कांग्रेसले नजिकबाट पछ्याइरहेको छ।

यसैगरी राजपाले ३, माओवादीले २ तथा संघीय समाजवादी फोरमले १ स्थानमा अग्रता लिएका छन्। जसमा फोरमको अग्रता निकै सांघुरो छ। वीरगञ्ज महानगरपालिकामा फोरम ३८ मतले कांग्रेसभन्दा अघि छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.