|

दाङ  : दाङ तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको मृत्यु पछिको बिमा रकम परिवारलाई हस्तान्तरण गरिएको छ। नेपाल लाइफ इन्सुरेन्सले श्रेष्ठले गरेको जीवन बिमाको रकम श्रेष्ठका परिवारलाई शनिबार हस्तान्तरण गरेको छ।

इन्सुरेन्सका दाङ शाखा प्रमुख वसन्त अधिकारीले श्रेष्ठले २५ लाखको जीवन बिमा गरेको र मृत्युपछि शनिबार ५४ लाख ८७ हजार ५ सय रुपैयाँको बिमा रकम श्रेष्ठकी श्रीमती निर्मला श्रेष्ठलाई हस्तान्तरण गरिएको बताए।

प्रमुख अधिकारीले २५ लाख बिमा रकम दोहोरो दुर्घटना मुत्यु लाभ २५ लाख र बिमा लेखको आर्जित बोनस ४ लाख ८७ हजार ५ सय रुपैयाँ गरेर ५४ लाख ८७ हजार ५ सय रुपैयाँ बिमा रकम उपलब्ध गराएको बताए।

श्रेष्ठले आफ्नो बिमाको तीन किस्ता वार्षिक २ लाख ८५ हजार ५ सय ६४ रुपैयाँ तेस्रो किस्तासम्म गरेर ८ लाख ५६ हजार ६ सय ९२ रुपैयाँ भुक्तानी गरेको अधिकारीले बताए। शाखा प्रमुख वसन्त अधिकारीको अध्यक्षतामा तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिरु रावतको प्रमुख आतिथ्यतामा बिमा हस्तान्तरण कार्यक्रम भएको थियो। व्यापारी श्रेष्ठको २९ जेठमा अपहरणपश्चात हत्या गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.