|

पाल्पा : तानसेन नगरपालिका ५ बतासेडाँडामा पोखरीमा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ। तानसेन नगरपालिका ११ बन्दीपोखराको जुकिया निवासी खेमबहादुर विकको १३ वर्षीय छोरा मनिष विकको मृत्यु भएको हो।

उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक चन्द्रकुमार थापाले जानकारी दिए। गम्भीर अवस्थामा उद्धार गरिएका विकलाई अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए।

त्रिभुवन वहुमुखी क्याम्पस पाल्पाको छात्राबास अगाडि रहेको पोखरीमा पौडी खेल्ने क्रममा विहान करीव ११ बजे मनिस डुबेका थिए। झण्डै ४५ मिनेटमा उनको उद्धार भएको थियो। उनी तानसेनस्थित पद्म पब्लिक माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययन गर्दै आएकोसँगै पौडी खेल्न पुगेका उनका भाइ मिलन विकले बताए।

उनकी आमा रोजगारको सिलसिलामा भारतमा रहेको र मनिष बाबुसँग तानसेनको भगवतीटोलमा भाडाको घरमा बसेर अध्ययन गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.