औषधीको अभाव हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन

|

काठमाडौ  : स्वास्थ्य मन्त्रालयले कार्यसम्पादन र मुल्याङ्कनको आधारमा बर्षेनी घोषणा गर्दै आएको उत्कृष्ट जिल्लामा यस बर्ष सुर्खेत परेको छ। मन्त्रालयले काठमाडौंमा आयोजना गरेको वार्षिक समीक्षा बैठकका क्रममा आर्थिक वर्ष २०७३/७४ को कार्यसम्पादन र मुल्याङ्कनमा ८९.१ अंक ल्याएको सुर्खेत जिल्ला स्वास्थ्य कार्यालयलाई उत्कृष्ट घोषणा गरिएको हो। 

त्यस्तै अछाम जिल्लाले ८८.४  अंक ल्याई दोस्रो उत्कृष्ट जिल्ला घोषित भएको छ। ८८.२ अंकसहित प्युठान जिल्ला तेस्रो भएको छ। यस्तै एक नम्बर प्रदेशबाट झापा, दुईबाट पर्सा, तीनबाट ललितपुर, चारबाट कास्की, पाँचबाट प्यूठान, छबाट सुर्खेत र सातबाट अछाम जिल्ला उत्कृष्ट घोषित भएका छन्। 

स्वास्थ्य मनत्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागका उप -महानिर्देशक चुडामणि भण्डारीले मुल्यांकन टोलीले स्वास्थ्यका विभिन्न सूचकको आधारमा जिल्लाहरुले प्रस्तुत गरेको प्रतिवेदनको आधारमा प्राप्त गरेको अंकको आधारमा उत्कृट जिल्ला घोषणा गरिएको बताए। 

'मन्त्रालयले वर्षभरका लागि दिएको कार्यहरुको सम्पादन गरेको आधारमा उत्कृष्टता छुट्याउने गर्छ, त्यसैको आधारमा ती जिल्लाहरुले प्रस्तुत गरेका वार्षिक कार्यसम्पादनको आधारमा हामीले उत्कृष्ट जिल्ला घोषणा गरेका हौँ' उनले भने।

औषधीको अभाव हुन नदिनु स्वास्थ्य मन्त्री पोखरेल

स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले स्थानीय तहका स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिन सचेत हुन कर्मचारीहरुलाई आग्रह गरेका छन्। स्वास्थ्य संस्थाहरुमा औषधी अभाव भएको सूचना आइरहेको भन्दै उनले तत्काल खरिद प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिएका हुन्।  

वार्षिक समीक्षा वैठकको समापनमा मन्त्री पोखरेलले अहिलेकै अवस्था रहेमा दुई महिनापछि सबै स्थानीय स्वास्थ्य संस्थामा औषधी अभाव हुने हुनाले अहिले नै औषधी खरिद प्रक्रिया अघि बढाउन स्थानीय तहमा खटिएका स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका हुन्।

'अहिलेदेखिनै स्थानीय तहमा औषधीको अभाव देखिन थालेको छ, यस्तै अवस्थामा भए दुई महिनापछि सबै स्थानीय तहमा औषधीको अभाव देखिन थाल्छ, त्यसैले औषधीको टेन्डर गरिसक्नु भएकाहरुले तत्कालै औषधी किन्न थाल्नुस्, टेन्डर नगर्नु भएकाहरुले पर्सी १० गतेभित्र टेन्डर आह्वान गरेर औषधी खरिद प्रकृया अगाडि बढाउनुस्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.