|

भक्तपुर :  भक्तपुरको चाँगुरोडमा आइतबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ, तीन जना घाइते भएका छन्। चाँगुरोडको डेकोचा नजिक वन्तीमा रोकिराखेको मिनी ट्रकमा तीन वटा मोटरसाइकल ठोक्किदा भक्तपुर नगरपालिका ६ भोलाछेँका १९ वर्षका प्रजन सैंजुको मृत्यु भएको हो।

भक्तपुरको डेकोचाबाट चाँगुनारायण जाँदै गरेको बा ७८ प २२६४ र बा ३७ प २३०२ नम्बरको मोटरसाइकल ना १ च २७४४ नम्बरको मिनी ट्रकमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा संलग्न एउटा मोटरसाइकलको भने पहिचान भएको छैन।  

दुर्घटनामा गम्भीर घाइते भएका सैंजुको नाक र कानबाट रगत बगेको थियो भने बाँया आँखामाथि चोट लागेको थियो। उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए।

दुर्घटनामा भक्तपुर लिवालीका सविन फसी कवाँ, भोलाछेंकी टिना जती, भक्तपुर ईनाचोकी विनिता गोसाईं र प्रजित कायस्थ घाइते भएका छन्। घाइतेमध्ये सविनको बाँया घुँडा र दाँया हातमा चोट लागेको छ भने टिनाको अनुहार र छातीमा भित्री चोट लागेको छ। त्यसैगरी विनिताको बाँया घुँडामा चोट लागेको डीएसपी प्रसाईंले बताए। घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.