|

रौतहट : जीवनभरी गाउँ विकास समितिको सचिव बनेका पासपत चौधरी अहिले चन्द्रपुर नगरपालिकाको ८ को अध्यक्षमा निर्वाचित भए। २०७२ सालमा अनिर्वाय अवकाश पाएका चौधरीले नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए।

साविक सन्तपुर मटिऔन गाविस हाल (चन्द्रपुर नगरपालिका-८) मा जागिरको अवधीभर सचिव रहेका उनले भने 'आम वडावासीकै आग्रहमा मैले उम्मेदवारी दिएको हुँ र जनताले बहुमतका साथ जिताए। जितपछि आफूलाई अझै जिम्मेवारी बढेको महसुस भएको छ।'

'अब मलाई थप जिम्मेवारी आएको छ ,जनताको भावना अनुसार नै म काम गर्न प्रतिवद्ध छु' चौधरीले भने। आइतबार चौधरीसहित चन्द्रपुर नगरपालिकाका निर्वाचित सबै पदाधिकारीले सपथ लिए।

नेपाली कांग्रेसबाट निर्वाचित नगर प्रमुख रामचन्द्र चौधरी र नेकपा एमालेबाट निर्वाचित रामरती चौधरीले पदभार ग्रहण गरेका छन्। निर्वाचित पदाधिकारीहरुलाई चन्द्रपुर नगरपालिका निर्वाचन अधिकृत कमलराज भण्डारीले सपथ ग्रहण गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.