|

वीरगञ्ज :  वीरगञ्ज महानगरपालिका प्रमुखमा संघीय समाजवादी फोरमले आफ्नो अग्रता कायमै राखेको छ। फोरम नेपालबाट नगर प्रमुखका उम्मेदवार विजय सरावगीले कांग्रेस उम्मेदवार अजय द्विवेदीसँगको मतान्तर २१० पुर्‍याएका छन्। सरावगीले ११ हजार ६ सय ८२ मत ल्याउँदा कांग्रेसका द्विवेदीले ११ हजार ४ सय ७२ मत ल्याएका छन्।

तेस्रो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राजेशमान सिंहले जम्मा ७ हजार ६ सय ३० मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार बसुरुद्धिन अन्सारीले ५ हजार ७ सय ६६ मत पाएका छन्।

उपप्रमुखमा भने नेपाली कांग्रेसकी उम्मेदवार शान्ति सिंह अगाडि छिन्। उनले १३ हजार ५७ मत पाएकी छन्। फोरम नेपालकी उम्मेदवार पिंकीदेवी यादवले ११ हजार १ सय ३६ मत ल्याएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.