|

झापा: चर्च ब्वाइज युनाइटेड, काठमाडौँ झापाको शिवसताक्षीस्थित दूधेमा जारी प्रथम दूधे गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको पहिलो सेमिफाइनल खेलमा मोरङ– ११ लाई ४–० फराकिलो गोल अन्तरले पाखा लगाउँदै चर्च ब्वाइजले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

पहिलो हाफको १०औँ मिनेटमा अरुण श्रेष्ठले पहिलो गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। यस्तै चर्च ब्वाइजका लागि खेलको ३२औँ मिनेटमा विदेशी खेलाडी अलिवा मेसीले गोल गर्दै अग्रतालाई दोब्बर बनाए।

दोस्रो हाफको १४औँ मिनेटमा चर्च ब्वाइजका अर्का विदेशी खेलाडी अजय मार्टिन केले गोल गरे। दोस्रो हाफकै २३औँ मिनेटमा मेसीले पुनः अर्को गोल थपे। खेल अवधिभर मोरङले गोल गर्ने धेरै मौका पाए पनि गोल भने गर्न सकेन।

आइतबारको खेलमा चर्च ब्वाइजका अजय मार्टिन के म्यान अफ दि म्याच घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ पाए। सोमबार हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरीको एपीएफबीच खेल हुँदै छ।

प्रतियोगिताका विजेताले नगद तीन लाख एक हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले एक लाख ५१ हजार रुपैयाँ पाउने आयोजक दूधे युथ क्लबले जनाएको छ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.