|

काठमाडौं : सन् १९९८ मा पहिलो पटक दक्षिण अमेरिकी देश कोलम्बियामा पहिलोपटक कोकिन बरामद भएको थियो। त्यसको १९ वर्षपछि नेपालमा समेत कालो कोकिन भेटिएको छ।
नेपालमा पनि दक्षिण अमेरिकी देशकै लागुऔषध तस्करहरूले ओसारपसार गरेको कालो कोकिन भेटिएको छ। नेपाललाई ट्रन्जिट बनाएर कोकिन ओसारपसारमा संलग्न नाइजेरियाली समूहले कालो कोकिनको कारोबार गर्न थालेको प्रहरीले जनाएको छ।

शनिबार प्रहरीले कालो रंगको दुई केजी सात सय ग्राम कोकिनसहित बोलिभियाली पुरुष र भारतीय महिलालार्य पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्यूरो(एनसीबी) ले बोलिभियाका अधेमार एनेज्लोपेज र भारतीय कार जहानलाई पक्राउ गरेको हो।

बोलिभियाली नागरिक कोकिन लिएर आफ्नो देशबाट नेपाल आएको र भारतीय उक्त कोकिन लिन यहाँ आएको एनसीबीका प्रमुख ठूले राईले बताए।
दुवै थोरै पैसा लिएर बाहकको रूपमा काम गर्ने व्यक्ति भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

सुरुमा उनीहरूबाट बरामद भएको पदार्थ देखेर प्रहरी अन्योलमा परेको थियो। समान्यतया कोकिन कालो हुँदैन। यसअघि नेपालमा कालो कोकिन भेटिएकै थिएन। कोकिनलाई अन्य पदार्थ मिलाएर कालो बनाएर ओसारपसार गर्न थालिएको प्रहरीको अनुसन्धानबाट खुल्यो।

डीआईजी राई भन्छन्, ‘प्रहरीलाई झुक्याउन उनीहरूले कोकिनलाई कालो बनाउन थालेको हुनुपर्छ।’ स्क्रिनिङमा नदेखिने र प्रहरीले सुँघेर पत्ता लगाउन नसक्नेगरी कोकिनमा कालो पदार्थहरू मिसाउने गरिएको उनको भनाइ छ।

बोलिभियन नागरिक ब्राजिल, कतार हुँदै नेपाल आएका थिए। बोलिभियामा बस्ने एक नाइजेरियाली तस्करले उनलाई चार सय डलर दिएर कोकिन नेपाल पठाएका थिए। कोकिन लिन आएकी ५९ वर्षीया महिला यसअघि पनि पटक–पटक नेपाल आएकी थिइन्। राई भन्छन्, ‘यसअघि पनि धेरै पटक यिनले कोकिन ओसारेको हुनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.