|

काठमाडौं :  स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत असोज २ गते प्रदेश नम्बर २ मा भएको निर्वाचनको नतिजा आउन अब ७ स्थानीय तहमात्र बाँकी छ। १३६ स्थानीय तहमा भएको निर्वाचनको १२९ स्थानको नतिजा सार्वजनिक भइसकेको छ।

हालसम्म सार्वजनिक नतिजाअनुसार कांग्रेसले ३७, संघीय समाजवादी फोरमले २४, राजपाले २४, माओवादीले २१, एमालेले १७, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ तथा नयाँ शक्ति पार्टी नेपालले १ स्थानमा जित हात पारेका छन्। 

नतिजा आउन बाँकी ७ स्थानीय तहमध्ये ३ वटामा संघीय समाजवादी फोरम अगाडि छ। उसले पर्साको वीरगञ्ज महानगरपालिका, रौतहटको गरुडा नगरपालिका र सप्तरीको राजविराज नगरपालिकामा अग्रता लिएको छ। गरुडामा भने जित लगभग पक्का भइसकेको छ।

यस्तै कांग्रेस र एमालेले २/२ स्थानमा अग्रता लिएका छन्। धनुषाको सबैला नगरपालिकामा कांग्रेस माओवादी केन्द्रभन्दा झिनो मतले मात्र अघि छ। यस्तै बाराको बारागढीमा पनि कांग्रेसकै अग्रता छ। एमालेले बाराको कलैया उपमहानगरपालिका र कोल्हवी नगरपालिकामा अग्रता लिएको छ।

हेर्नुहोस् सूचीमा

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.