|

काठमाडौं : संघ, प्रदेश र स्थानीयतहको सेवामा समायोजित हुन नचाहने कर्मचारीले ‘गोल्डेन ह्याण्डसेक’ पाउने भएका छन्।

संसद्का राज्यव्यवस्था समितिबाट पारित ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा ५० वर्ष उमेर पूरा भएको र निवृत्तिभरण पाउने अवस्थाका (२० वर्ष सेवा अवधि पूरा गरेका) कर्मचारीलाई सात वर्षको एकमुष्ट निवृत्तिभरण दिने व्यवस्था गरिएको छ।

२०४९ कात्तिक २१ अघि निजामती सेवा प्रवेश गरेकाहरूले ६० वर्ष उमेर ननाघ्नेगरी र त्यसपछि ५८ वर्ष उमेर ननाघ्ने गरी सात वर्षको सेवा अवधि थप हुनेछ। सेवा अवधि बढीमा सात वर्ष थपिने भए पनि अवकाशमा जाने सबै कर्मचारीले एकमुष्ट सात वर्षको निवृत्तिभरण पाउनेछन्। उक्त सुविधा पाउने कर्मचारीले सातवर्षे अवधिपछि पनि नियमित (मासिक) निवृत्तिभरण पाउनेछन्।

‘गोल्डेन ह्याण्डसेक’ को व्यवस्थाले नवगठित प्रदेश सेवा र स्थानीय सेवामा युवा जनशक्ति भर्तीका अवसर गर्न सहयोग पुग्नेछ। संसद्को पूर्ण बैठकबाट पारित गरी घोषणा गर्न मात्रै बाँकी रहेको विधेयकमा प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई संघीय निजामती सेवामा बढुवा तथा वृत्तिविकासका अवसर प्रदान गरिने ‘ग्यारेण्टी’समेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.