|

बडादशैँअन्तर्गत नवरात्रभरि भवानी दुर्गाका नौ स्वरूपको विशेष पूजा आराधना गर्ने परम्परा छ। विधिपूर्वक घटस्थापना गरिएका दशैँघर वा शक्तिपीठहरूमा नवदुर्गाअन्तर्गतका शैलपुत्री, ब्रह्मचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी कालरात्रि, महागौरी र सिद्धिधात्रीका साथै महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा आराधना चल्ने गर्दछ। यस समयमा गरिने देवीको उपासनाको महत्वबारे दुर्गासप्तशती (चण्डी)मा उल्लेख पाइन्छ।

ऋग्वेदमा दुर्गालाई प्रतिविम्वित गर्ने श्री (लक्ष्मी), उषा, अदिति, सरस्वती, देवी आदिको आराधना गरिएको पाइन्छ। ऋग्वेदअन्तर्गत देवीसुक्तका आठ ऋचाहरूमा विश्वको रचना गर्ने, कर्ममा प्रवृत्त भइरहने तर पृथ्वी र आकाशभन्दा धेरै पर रहेकी देवीको वर्णन गरिएको छ। साथै जति पनि जीवात्मा छन् तिनीहरूको प्रेरणादायी स्रोत यिनैलाई मानिएको छ।

ऋग्वेदकै श्रीसूक्तमा श्रीको रहस्यबारे २१ श्लोकमा चन्द्रमा समान प्रकाशयुक्त, प्राकृत कान्तियुक्त, स्वर्गलोकमा इन्द्रादि देवताहरूबाट पूजित, अत्यन्त दानशील कमलको मध्यमा रहने जगत विख्यात लक्ष्मीको उपासना गरिएको छ। यसैगरी ऋग्वेदोक्त लक्ष्मीसूक्तमा पनि विष्णुपत्नी महालक्ष्मीको आराधना गरिएको छ। वैदिककालमा वर्तमान समयको जस्तो पूजा गर्ने परम्परा नभए पनि यज्ञयज्ञादिको अंगको रुपमा विविध मातृशक्तिको आराधना गरिन्थ्यो र यसैबाट सिद्धि प्राप्त हुन्थ्यो।

पौराणिक ग्रन्थहरूमा विभिन्न पक्षबाट गरिएका पूजा आराधना उल्लेखको साथै देवीपूजाको समय एवं विधि पनि निश्चित गरिएको पाइन्छ। देवीभागवत, देवी, मार्कण्डेय र कालिकालगायत पुराण आदिमा मातृशक्ति भगवतीको वर्णन गरिएको छ। यिनै शक्तिस्वरूपा भगवतीको आराधना गर्न क्रममा नवरात्रभरि विभिन्न शक्तिपीठ जाने चलन रहेको छ।

के हो शक्तिपीठ ?
स्कन्दपुराणअन्तर्गत माघमाहात्म्यमा एउटा प्रसंग आउँछ, सतीदेवी दक्षप्रजापति र विरणीको जेठी छोरी थिइन्। भगवान् विष्णुले छल गरी सतीको विवाह महादेवसँग गराइदिएका थिए। दक्षले भने महदेवलाई मन पराउँदैनथे। एकपटक उनले गरेकोे ठूलो यज्ञमा सबैलाई बोलाए सती र महादेवलाई बोलाएनन्। यो थाहा पाएर सती चित्त दुखाउँदै माइत पुगिन्। तर दक्षले महादेव पनि आउने हुनाले छोरीलाई समेत नबोलाएको प्रष्टीकरण मात्र दिएनन् शिवको निन्दा समेत गरे। त्यो सहन नसकी सती यज्ञकुण्डमा हाम फालिन्।

देवी उपपुराणमा बताइएअनुसार सतीदेवीका अंग झरेका स्थानमा एक–एक शक्तिपीठ बने। सतीदेवीका अंग पतन भएका स्थानमा बनेका शक्तिपीठ असंख्य भए पनि प्रमुख रूपमा ५२ वटा भएको बताइन्छ। अधिकांश शक्तिपीठहरू भारतको भूभागमा रहेका छन्। केही नेपाल, पाकिस्तान, श्रीलंका र तिब्बतमा समेत छन्।

यज्ञकुण्डबाट झिकेर शिव बहुलाहाजस्तो भई सतीको मृत शरीर काँधमा हालेर पृथ्वी भ्रमण गर्न थाले। पछि सतीको शरीर गलेर एक एक अंग गर्दै झर्न थाले। देवी उपपुराणमा बताइएअनुसार सतीदेवीका अंग झरेका स्थानमा एक–एक शक्तिपीठ बने। सतीदेवीका अंग पतन भएका स्थानमा बनेका शक्तिपीठ असंख्य भए पनि प्रमुख रूपमा ५२ वटा भएको बताइन्छ। अधिकांश शक्तिपीठहरू भारतको भूभागमा रहेका छन्। केही नेपाल, पाकिस्तान, श्रीलंका र तिब्बतमा समेत रहेका छन्।

नेपालमा भने सतीको गुह्य पतन भएको गुह्येश्वरी पीठ प्रमुख मानिन्छ। पशुपतिनाथको मन्दिरदेखि एक किलोमिटर पूर्वमा रहेको गुह्येश्वरीको मन्दिर वागमती नदीको किनारमा अवस्थित छ। चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरू देवीको रूपमा पूजा अाराधना गर्छन्। 

अधिकांश शक्तिपीठ आफ्नो मुलुकमा भए पनि भारतीयहरू समेत गुह्येश्वरीका ठूलो आस्था गर्दछन्। यसैगरी गण्डकी देवीलाई पनि ५२ वटा शक्तिपीठमध्ये एक मानिएको छ। गीताप्रेसबाट प्रकाशित देवीपुराण शक्तिपीठांक (छैटौं संस्करण २०६९) मा नेपालको पूर्वमा रहेका उग्रतारालगायतलाई पनि शक्तिपीठ भनेको छ।

नेपालका शक्तिपीठ
नेपालमै पनि अनेकौ शक्तिपीठहरू छन्। काठमाडौंमा गुहेश्वरीबाहेक, शोभाभगवती, नक्साल भगवती नरदेवी (श्वेतकाली), रक्तकाली, मैतीदेवी, कालिकास्थान संकटा प्रमुख शक्तिपीठ मानिन्छन्। भक्तपुरमा इन्द्रायणी, नवदुर्गा ललितपुरमा बज्रबाराही, रुद्रायणी, उपत्यकाबाहिर गोरखामा मनकामना, पाल्पामा तानसेन भगवती, बाँकेमा बागेश्वरी, बागलुङ्मा माईस्थान, डोल्पामा त्रिपुरासुन्दरी, कालीकोट र बाजुराको सिमानामा पर्ने बडीमालिका भगवती पोखरामा बिन्ध्यवासिनी, बारामा गढीमाईलगायत शक्तिपीठहरू छन्। 

शारदीय नवरात्रमा विशेष घुइँचो हुने यी शक्तिपीठहरूमा विशेष पूजाअर्चना गर्ने परम्परा छ। अझ उपत्यकामा रहेका तलेजुका मन्दिर त वर्षमा एकपल्ट अर्थात् दशैंको नवमीका दिन मात्र खुल्ने हुनाले यहाँ विशेष घुइँचो लाग्छ। शक्तिपीठको दर्शनको ठूलो महिमा बताइएको छ। शक्तिपीठको दर्शनले सुख, समृद्धि प्राप्त हुनुका साथै आध्यात्मिक शान्ति प्राप्त हुन्छ भन्ने मान्यता छ।

वेदमा शक्तिपीठ वा अन्य कुनै प्रकारका मूर्तिपूजाको उल्लेख छैन। आफूसँग प्राप्त ज्ञानको क्षमताअनुसार जप, ध्यानबाट कल्पनामार्फत परमेश्वरसँग साक्षात्कार गर्ने वैदिक विधि हो। तर समयको अन्तरालसँगै सबैसँग त्यो शक्ति नभएका कारण देवीदेवताका मूर्तिहरूको आवश्यक्ता पर्‍यो। वैदिक र पौराणिक ग्रन्थमा उल्लेख भएअनुसारको स्वरूप कल्पना गरेर मूर्ति बनाइयो र यसको पूजा आराधनाबाटै धार्मिक र आध्यात्मिक सुखानुभूति गर्न थालियो।

शक्तिपीठ दर्शनको परम्परा
वेदमा शक्तिपीठ वा अन्य कुनै प्रकारका मूर्तिपूजाको उल्लेख छैन। आफूसँग प्राप्त ज्ञानको क्षमताअनुसार जप, ध्यानबाट कल्पनामार्फत परमेश्वरसँग साक्षात्कार गर्ने वैदिक विधि हो। तर समयको अन्तरालसँगै सबैसँग त्यो शक्ति नभएका कारण देवीदेवताका मूर्तिहरूको आवश्यक्ता पर्‍यो। वैदिक र पौराणिक ग्रन्थमा उल्लेख भएअनुसारको स्वरूप कल्पना गरेर मूर्ति बनाइयो र यसको पूजा आराधनाबाटै धार्मिक र आध्यात्मिक सुखानुभूति गर्न थालियो।

मूर्ति वा पीठपूजा भित्र गहिरो दर्शन लुकेको छ। वेदमा सहस्रशीर्षा पुरुषः सहस्राक्ष सहस्रपात्। स भूमि गुँ सर्वतस्पृत्वात्यतिष्ट्ठद्दशाङ्गुलम् भनेर सहस्र शिर, सहस्र आँखा सहस्र पाउ भएका पुरुषको कल्पना गरिएको छ। यस्तै पौराणिक ग्रन्थमा र पौराणिकग्रन्थमा नमोऽस्त्वनन्ताय सहस्रमूर्तये सहस्र पादाक्षिशिरोरुवाहवे, सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटीयुगधारिणे नमः भनेर अनन्त स्वरूपका परमेश्वरको प्रार्थना गरिएको छ।

यसरी यिनैको कल्पनाबाट मानिसले मूर्ति बनाएको र त्यसमा प्राणप्रतिष्ठा गरी मूर्ति, प्रतिमा वा पीठपूजाको परम्परा बसालेका हुन्। पौराणिक ग्रन्थमा बताइएका स्थानमा रहेका शक्तिपीठको दर्शनको महत्त्व बेग्लै छ।

[email protected]

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.