|

गुल्मी : प्रहरीले रेसुंगा नगरपालिका–१० सिमीचौरबाट अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। सात सय २० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। 

घरेलु मदिरा उत्पादन, सेवन र बिक्री वितरणले समाजमा विकृति फैलिरहेको भन्दै प्रहरीले कडाइ गरेको छ। घरेलु मदिराको कारण थुप्रै घरेलु हिंसा, अपराध, चोरी डकैती र बलात्कार जस्ता घटना बढ्ने भन्दै प्रहरीले निन्त्रणमा कडाई गरेको उपरीक्षक द्विवेदीले जानकारी दिए।

चाडपर्वलाई मध्य नजर राखेर गुल्मी प्रहरीले गुल्मीमा सुरक्षा व्यवस्था थप सुदृढ पारेको जनाएको छ । चाडपर्व मनाउन गाउँ फर्किनेहरुको सहजताका लागि सदरमुकामस्थित बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरेको प्रहरीले  जनाएको छ। 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.