|

काठमाडौं : सोमबार बिहान करिब १० बजे एक हुल युवा संसद भवनको प्रमुख प्रवेशद्वारमा आइपुगे। गोजीमा राखेको प्लेकार्ड झिके, अनि नारा लगाउन थाले।

बानेश्वरस्थित संसद भवन आसपासमा धर्ना तथा जुलुस गर्न पाइँदैन। प्रहरीले पश्चिमतर्फ एभरेष्ट होटल र अर्कोतर्फ मीनभवनबाटै प्रदर्शनकारीलाई अघि बढ्न दिँदैन। तर, छापामार शैलीमा आएका ती युवाले प्रहरीले पत्तो नपाउँदै संसद भवनको गेटैमा नाराबाजी गर्न भ्याए।

उनीहरु थिए चिकित्सक डा. गोविन्द केसीका समर्थक अर्थात् चिकित्सा शिक्षाका विद्यार्थी। संसदबाट आज चिकित्सा शिक्षा विधेयक माथेमा आयोगको प्रतिवेदनविपरीत तोडमोड गरेर परित गर्न खोजिएको भन्दै डा. केसीले अनशन सुरु गर्ने तयारी गरिरहेका बेला उनका समर्थकहरुले संसद भवनको गेटैमा आएर प्रदर्शन गरेका हुन्।

करिब १ दर्जनको संख्यामा रहेका प्रदर्शनकारीले ‘माफिया संसद चाहिँदैन, माफिया ऐन चाहिँदैन’, ‘शिक्षामन्त्री राजीना दे’लगायतका नारा लगाएका थिए। सुरुमा एकछिन त त्यहाँ रहेका सुरक्षाकर्मी नै अलमलमा परे। जसका कारण करिब ५ मिनेट विना अवरोध उनीहरुले नारा लगाए।

त्यसपछि उनीहरुलाई त्यहाँबाट प्रहरीले धकेल्दै मिनभवनतर्फ अघि बढायो। नाराबाजी गर्न पाइँदैन भनेर सम्झाउँदा पनि उनीहरुले नारा लगाउन छाडेनन्। त्यसपछि प्रहरीको भ्यान आएर उनीहरुलाई लग्यो।

डा. केसीले आजै शिक्षण अस्पताल महाराजगञ्जमा अनशन सुरु गर्दैछन्।

हेर्नुहोस् केही फोटो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.