|

दमक : झापाको भद्रपुरमा करेन्ट लगेर आइतबार राति एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका १० का ७१ वर्षीय डम्बर बहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनलाई राति १० बजेतिर जंगली हात्ती रोक्न घर वरिपरि लगाइएको तारबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले जानकारी दिए।

उनले भने, ‘राति हात्ती आएछ, हात्ती खेदाउँदा अचानक बारमा ठोकिएर करेन्ट लागेछ।’  करेन्ट लागेर गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.