|


कालिकोट : नेपालमा नै पहिलोपटक टनेल बोरिङ मेसिन प्रयोग गरी बन्न लागेको सुर्खेत जिल्लाको भेरी बबई डाइभर्सनको काम तीव्र रुपमा अगाडि बढेको छ। लामो प्रक्रियापछि आयोजनाले पूर्णता पाएपछि यसको निर्माण कार्यले तीव्रता पाएको हो।

भेरी नदीको पानी सुर्खेत जिल्लाको साविकको रामघाट गाविसबाट बर्दिया जिल्लाको बेल्हवा गाविसमा अवस्थित बबई नदीमा खसालिनेछ।

साविकको रामघाट गाविसमा  पावर हाउस निर्माण गरी कुल ४८ मेगावाट विद्युत् उत्पादन गरिनेछ भने बबई नदीमा खसालिएको पानीबाट बर्दिया जिल्लाको करिब ५१ हजार पाँच सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ। आयोजनाका लागि १६ अर्ब लागत लाग्ने अनुमान छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.