|

गुल्मी : सुख्खा पहिरो गएपछि गुल्मीको तम्घास-रिडी सडकखण्ड बिहानदेखि अवरुद्ध बनेको छ। रेसुंगा नगरपालिका–१३ स्थित दुबिचौर नजिकै भंगारीमा सोमबार बिहान अचानक सडकमाथिबाट ठूलो पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको हो । 

सडक अवरुद्ध बनेपछि तम्घासबाट पाल्पा, बुटवल र काठमाडौंसम्म जाने सम्पूर्ण सवारी साधन र सयौँं यात्रु बीचबाटोमै अलपत्र परेका छन्। सडकमाथिबाट सुख्खा पहिरो खसिरहेका कारण सडकमा खसेको पहिरो हटाउन समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले जानकारी दिए।

सडकमा माटोसँगै ठूला-ठूला चट्टान खसेका कारण सडकमा खसेको पहिरो हटाउन पनि लामो समय लाग्नेभएका कारण आज दिनभर नै सडक सुचारु हुने सम्भावना न्यून रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.