|

रुकुम : पूर्वी रुकुमको जिल्ला समन्वय समिति प्रमुखमा गजेन्द्रबहादुर ओली र उपप्रमुखमा भीमकुमारी पुन सर्वसम्मत निर्वाचित भएका छन्। पश्चिमी रुकुमको प्रमुखमा राजकुमार शर्मा र उपप्रमुखमा इन्दिरा बिएम सर्वसम्मत निर्वाचित भएकी छन्।

विजयी जिल्ला समन्वय समितिको पदाधिकारी सबैलाई जिल्ला अदालत रुकुमको सभाहलमा आइतबार प्रमाणपत्र बितरण तथा सपथ ग्रहण गरिएको छ। निर्वाचन कार्यतालिका भोलि भए पनि जिल्ला समन्वय समिति रुकुमका लागि आवश्यक पदमा मात्र मनोनयन गर्दा भएका कारण सर्बसम्मत रुपमा विजयी उम्मेदवारहरु घोषणा गरिएको पश्चिम रुकुमका जिल्ला निर्वाचन अधिकृत डण्डपानी शर्माले जानकारी दिए।

जिल्ला समन्वय समितिमा नेकपा माओवादी केन्द्रको तर्फबाट मात्र उम्मेदवारी परेको थियो। दुवै जिल्लाको जिल्ला समन्वय समिति ९ सदस्यीय रहेको छ। रुकुम जिल्ला पूर्वी र पश्चिम गरी दुई जिल्लामा विभाजित भएपछि ढिलो गरी मात्र जिल्ला समन्वय समिति गठन भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.