विजय गच्छदारको संयोजकत्वमा मन्त्रिपरिषद् बैठक

|

काठमाडौं: सोमबार कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा मन्त्रिपरिषद् बैठक बसेको छ। प्रधान्मन्त्री संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएको समयमा मन्त्रिपरिषद्को‍ आकस्मिक बैठक बसेको हो।

सोमबारको बैठकले चिकित्सक संघको जारी आन्दोलनलाई अबिलम्ब फिर्ता लिन संघलाई आह्वान गरेको छ। आन्दोलनरत चिकित्सकलाई आन्दोलन फिर्ता लिई सबै किसिमका स्वास्थ्य सेवामा पूर्ववत् फर्कन आह्वान गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किएपछि आन्दोलनरत चिकित्सको समस्या समाधानका लागि छलफल वार्ता अघि बढाउने भन्दै मन्त्रिपरिषद् बैठकले तत्काल बिरामीको स्वास्थ्य उपचारमा जुट्न चिकित्सकलाई आह्वान गरेको हो।

नागरिकको स्वास्थ्य उपचार पाउने नैसर्गिक अधिकार एवं संवैधानिक हकलाई सम्मान गर्दे मन्त्रिपरषद् बैठकले आन्दोलन अविलम्वन फिर्ता गर्न आह्वान गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले बताए।

असोज २ गतेको मन्त्रिपरिषद्को बैठकले उपचाररत बिरामीको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएमा क्षतिपूर्ति चिकित्सकबाट भराउने गरी स्वास्थ्य सेवा विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई भनेको थियो। सोही निर्णयको विरोधमा चिकित्सकहरुले आन्दोलनरत छन्। यसैक्रममा सोमबार चिकित्सकहरुले स्वास्थ्य मन्त्रालयअगाडि प्रदर्शन गरेका थिए।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.