|

काठमाडौं : चिकित्सा शिक्षा विधेयक माथेमा आयोगको प्रतिवेदन र आफूहरुको सुझावअनुसार परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने माग राख्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन सुरु गरेका छन्। यो उनको १२औं अनशन हो।

त्रिवि शिक्षण अस्पताल महाराजजगञ्जमा अनशन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरेर केसीले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक जनतामुखी नरहेको बताए। 'माफियामुखी चिकित्सा शिक्षा विधेयक आउनुभन्दा नआएकै जाति छ,' केसीले भने, 'जनतामुखी विधेयक नआएसम्म आन्दोलन जारी रहन्छ।'

माथेमा आयोगको प्रतिवेदन र आफूहरुको सुझावअनुसार परिमार्जन गरेर तत्काल विधेयक पारित गर्नुपर्ने उनको माग छ। यसका अलावा केसीले सरकारले तोकेकोभन्दा दशौं लाख बढी शुल्क निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज हुनुपर्ने, बर्खास्त गरिएका आयल निगमका प्रमुख गोपाल खड्कामाथि छानविन गरेर उनले हिनामिना गरेको रकम असुलउपर गरी कारबाही गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन/अध्यापन सुरु गर्ने गरी बजेटको व्यवस्था गर्नुपर्ने माग पनि राखेका छन्।

दसैँपश्चात अनशन सुरु गर्ने तयारी गरे पनि संसदबाट आजै विधेयक पारित गर्ने तयारी भएको भन्दै केसीले दसैँकै बीचमा अनशन सुरु गरेका हुन्। 

चिकित्सा शिक्षा विधेयक संसदको सोमबारको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.