|

रौतहट : स्थानिय तहको निर्वाचन कै विषयमा भएको विवादपछि रौतहटमा ३ जनाको हत्या भएको छ। सोमबार बिहान राति पनि एक जनाको हत्या भएको छ।  
परोहा नगरपालिका वडा नम्बर २ जिंगडवा बेलविक्षवा गाउँमा चुनावको विषयलाई लिएर आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान करिब  ३ बजे २२ वर्षीय मो.अबुसैयवमाथि गोली प्रहार भएको हो। 

उनी नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उठेका पराजित उम्मेदवार मौलना सेराजुदिनका छोरा हुन्। छातीमा दुई गोली लागेको अबुसैयबलाई जिल्ला अस्पताल गौरमा लैजादैं गर्दा बिहान करिब ४ बजे बाटोमै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

व्यक्तिगत रिसिबीका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेलले जानकारी दिए। 

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले परोहा नगरपालिका १ का मनोज कुमार साहका छोरा २२ वर्षीय प्रदीप भन्ने सुरज कुमार साहलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ। गोली हानेर भागेका अन्यको खोजी भै रहेको र घटनाको बारेमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

केहीदिन अघि चुनावकै विषयमा विवाद हुँदा कटहरीया नगरपालिकाको बलुवा टोलमा ५० वर्षिय रामपुकार यादवको मृत्यु भएको थियो। त्यसै चुनावको प्रचार प्रसारका क्रममा मौलापुरमा एक ट्रयाक्टर पल्टिदाँ एक बालकको ज्यान गएको थियो।

मौलापुर नगरपालिकाको रापजाबाट नगर प्रमुखमा उमेदवार दिएका धिरज पटेलका भतिजा ज्यान गएको थियो। यसै गरी वृन्दावनमा विजय जुलुस मनाउने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.