|

वीरगन्ज : प्रदेश नं.२ को एक मात्र महानगरपालिका वीरगंजको मतगणना सोमबार साँझ ७ बजेदेखि स्थगित भएको छ। देशकै चासोको विषय रहेको वीरगंज महानगरपालिको २६ वटा वडाका ६७ हजार मत गनि सक्दा संघिय समाजवादी फोरम नेपाल अग्रस्थानमा छ। 

फोरम नेपालका प्रमुखका उम्मेदवार सरावगी नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार द्विवेदीभन्दा १३७८ मत बढी ल्याएर अग्रस्थानमा आएपछि मतगणनामा धाँधली भएको आरोप लगाउँदै नेपाली काग्रेस,एमाले ,माओवादी केन्द्र र राजपाले मतगणना स्थगित गर्न माग गरेका थिए। त्यसयता साँझ ७ बजेदेखि मतगणना स्थगित भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगंजले सोमबार साँझ साढे ६ बजे सार्वजनिक गरेको मत परिणाम अनुरसार फोरम नेपालका प्रमुख पदका उम्मेदवार विजय सरावगी १५ हजार ६ सय ३५ मत प्राप्त गरि पहिलो स्थानमा छन्। नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार अजय द्विवेदी १४ हजार २ सय ५७ मत प्राप्त गरेका छन्। 

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले फोरमबाहेकका अन्य दलले मतगणना स्थगित गर्न माग गरेपछि स्थगित गरिएको बताए।  सर्वदलिय सहमतिपछि मतगणना गर्ने उनले बताए।

यसैबीच संघिय सामाजबादी फोरम नेपालका कार्यकर्ताहरुले वीरगंज महानगरपालिकाको  वडा नं १६ नगवा ,१७ अलौ र १८ भवानीपुरको मतगणना सुरु गर्नुपर्ने माग राख्दै मतगणना भइरहेको वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको मुल गेटमा नाराबाजी गरेका छन्। 

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलल वडा नं १० घडिअर्वा ,११ श्रीपुर ,१५ लक्षमणनवा  र १९ विन्दवासिनीमा मतगणना सकेपछि राजनीतिक दलको बैठक राखेर अहिले स्थगित भएका ३ वटा वडामा मतगणना सुचारु गर्ने जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.