|

काठमाडौं : एनआईसी एशिया बैंकले स्युचाटार, काठमाडौंस्थित ऊँ अपाङ्गता बालबालिका स्याहार केन्द्रमा आश्रित शारीरिक रुपमा असक्षम अनाथ बालबालिकाहरुका लागि दैनिक रुपमा आवश्यक पर्ने खाद्य पदार्थहरु खानेकुरा उपलब्ध गराउने भएको छ। मासिक रुपमा आगामी एक वर्षको लागि यी बालबालिकाहरुलाइ खाद्यान्न सहयोग उपलब्ध गराउने प्रतिबद्धता बैंकले जनाएको हो।

बैंकले आफ्नो देश भरी फैलिएका १२५ वटा शाखा कार्यालयहरुमार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गदैै आएको छ। यसरी नै निरन्तर रुपमा सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता बैंकको छ। 

यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकासका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन दिने बैंकको विश्वास छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.