|

डडेल्धुरा : ब्रेक फेल भएको ट्रक घरमा ठोक्किएपछि २ जना घाइते भएका छन्। घर भत्किएको छ।

सोमबार अपरान्ह साढे ३ बजेतिर धनगढीबाट दिपायल तिर जाँदै गरेको बा ३ ख ८७७७ नम्बरको ट्रकको ब्रेक जिल्लाको अमरगढी नगरपालिका ११ रडुवामा फेल हुँदा सडकको बायाँ तिर रहेको प्रेम सिंह बोहराको घर पूर्णरुपमा भत्किएको जिल्ला ट्राफिक कार्यालय डडेल्धुराले जनाएको छ। 

ट्रकका चालक र सहचालक कैलाली घर भएका ३३ वर्षीय अर्जुन राना र १६ वर्षीय शुशिल राना घाइते भएका छन्। घाइते मध्ये सहचालक शुशिलको खुट्टा भाँच्चिएको र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार हुन नसक्दा उनलाई धनगढी रेफर गरेको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट बिजुलीको पोलसमेत भाँचिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.