|

झापा : शसस्त्र प्रहरीको एपीएफ क्लब झापाको शिवसताक्षीस्थित दूधेमा जारी प्रथम दूधे गोल्डकपको फाइनल प्रवेश गरेको छ। सोमबार भएको सेमीफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै एपिएफले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो। 

फाइनलमा अब एपीएफले चर्च ब्वाइज युनाइटेडसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। खेलमा अग्रता भने हिमालयन शेर्पाले लिएको थियो। खेलको पहिलो हाफको १५ औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी अब्बाको क्रस पासलाई सदुपयोग गर्दै विके लामाले हेडमार्फत गोल गरेका थिए।

एपीएफ क्लबका तर्फबाट पहिलो हाफको इन्ज्यूरी समयमा कप्तान मिलन राईको पासमा हरी कार्कीले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए। दोस्रो हाफको ३७ औं मिनेटमा एपिएफका रुपबहादुर लामाको फ्रि–किक सदुपयोग गर्दै छरिता स्ट्राइकर युवराज खड्काले हेडमार्फत गोल गर्दै एपीएफलाई अग्रता दिलाए।

अत्यन्त प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने धेरै मोका पाएपनि प्राप्त अवसर सदुपयोग गर्न सकेनन्। विजेता टोलीका श्याम नेपाली म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगिताअन्तर्गत बुधबार एपिएफ र चर्च ब्वाइज युनाइटेड क्लबबीच फाइनल खेल हुनेछ। प्रतियोगिताको विजेताले ३ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउने आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताए।

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.