|
फाइल फोटो

काठमाडौं : संसद् भवनमा सोमबार विधेयकहरूमाथि छलफल चलिरहँदा बाहिर युवाको एक समूह विरोधमा उत्रिएको थियो भने डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा अनशनको तयारीमा जुट्दै थिए।

संसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची हटे उनी अनशन नबस्ने सोचमा थिए। सोमबारका लागि अघिल्लै दिन सार्वजनिक गरिएको संसदको कार्यसूचीमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ माथि छलफल र पारित गर्ने कार्यसूची थिएन।

तर सोमबार बिहान ११ बजे सार्वजनिक कार्यसूचीका १६ औं नम्बरमा उक्त विधेयकमाथि छलफल गर्ने र पारित गर्ने प्रस्ताव पनि थपियो। स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले छलफल  र प्रस्ताव पेश गर्ने भनिएको विधेयकलाई कार्यसूचीमा थपिएपछि केही चिकित्सक बानेश्वर हान्निए भने केही डा.केसी अनशन बस्ने ठाउँको तयारीमा जुटेका थिए।

विधेयकको विरोधमा उत्रिएका चिकित्सक र डा. केसीका समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लियो। १२ बजे केसीले १२ औं पटकको अनशन सुरु गरे। 
सोमबार मध्याह्न्न संसद्को बैठक १५ मिनेटका लागि स्थगन हुँदासम्म डा. केसी अनशन बसिरहेका थिए। संसदले १ बजेर ३५ मिनेटमा सार्वजनिक गरेको दोस्रो बैठकको कार्यसूचीको ५ नम्बरमा फेरि चिकित्सा विधेयकमाथि छलफल  र पारित गर्ने प्रस्ताव समावेश थियो।

बिहानको कार्यसूचीमा स्वास्थ्यमन्त्री पोखरेलले पेश गर्ने भनिएको उक्त विधेयक दोस्रो कार्यसूचीमा शिक्षामन्त्री गोपालमान श्रेष्ठले पेश गर्ने उल्लेख थियो। तर बैठकमा मन्त्री श्रेष्ठ अनुपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.