|

गोरखा : डोटीका खगेन्द्र रानाभाटले आठौं गिलिगे दौड प्रतियोगिताको उपाधि जितेका छन्। उपाधिसँगै उनले ५० हजार पाँच रुपैयाँसहित श्रीपेच पहिरिएका छन्।

नेपाली सेनामा कार्यरत उननले गोरखाको मर्स्याङ्दी र चेपे दोभानबाट आँपपीपलको लिगलिगकोटसम्मको दूरी एक घण्टा दुई मिनेटमा पूरा गरे। प्रतियोगितामा सेनाकै राम्जी बस्ने दोस्रो र सेनाकै कृष्ण बस्नेत तेस्रो भए।

नेपाल एकीकरणअघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिगमा दौडेर प्रथम हुने परम्परा थियो। राजा द्रव्य शाहको उदयपछि दौडेर राजा हुने परम्परा अन्त्य भएको थियो। पहिलो लिगलिगे दौडमा जितेर दलसुर घलेमगर राजा भएको जनश्रुति छ।

वि.सं. १६०४ मा सुरु भएको दौड पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले २०६७ मा पुनः निरन्तरता दिन थालिएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.