|

  • मिलन विश्वकर्मा

पाल्पा : पाल्पामा प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। दमकडा क्रिकेट क्लब तानसेन– ९ पाल्पाको आयोजनामा ५ नम्बर प्रदेशस्तरीय ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको हो। जिल्लामा पहिलोपटक यही असोज १६ गतेबाट सुरु हुन लागेको प्रतियोगितामा ४ जिल्लाका १६ क्लबको सहभागिता रहनेछ।

प्रतियोगितमा पाल्पासहित, रुपन्देही, कपिलवस्तु र स्याङ्जाका टिम सहभागी हुने क्लबका अध्यक्ष आदित्य पाण्डेले बताए। प्रतियोगितामा प्रथम हुने ६० हजार तथा दोस्रो हुनेले ३० हजार नगदसहति कप, मेडल र प्रमाण पत्र पाउने छन्।

तानसेनमा सोमबार पत्रकार सम्मेलन गरी आयोजकले सहभागी टिमको नाम सार्वजनिक गरेको छ। प्रतियोगितामा लुम्बिनी क्रिकेट क्लब, कपिलवस्तु, बुटवल युथ क्लब रुपन्देही, नयाँ गाउँ रोयल्स क्लब, न्यू होराइजन, जनज्योती युवा क्लब रुपन्देही, मालुङ्गा क्रिकेट क्लब स्याङ्जा, स्याङ्जा युनाइटेड क्लबको सहभागिता रहने छ।

यस्तै प्रोफेसनल क्रिकेट क्लब, मिसन क्रिकेट क्लब, पाल्पाली क्रिकेट प्लेयर र दमकडा क्रिकेट क्लबको सहभागिता रहने निश्चित भएको छ। अन्य टिम छनोट खेलबाट छानिने खेल संयोजक पाण्डेले बताए। खेल असोज २३ गतेसम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.