|
फाइल फोटो

चितवन : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक रहेको बताएका छन्।

प्रेस चौतारी नेपाल, चितवन शाखाले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटै दलले मात्रै बहुमत ल्याएर सरकार चलाउने अवस्था नरहेकाले अबको निर्वाचनमा वाम तालमेल आवश्यक रहेको बताए।

नेकपा (माओवादी केन्द्र)सँग तालमेलका लागि एमाले तयार रहेको भन्दै उनले माओवादी तयार भए तालमेल हुने बताए। सकेसम्म केन्द्रबाटै र नभए स्थानीयस्तरबाट तालमेल गर्नुपर्ने उनको भनाइ छ। कांग्रेस र माओवादीबीच तालमेल भए एमाले एक्लै निर्वाचनमा जाने नेता नेपालले बताए।

फरक प्रशंगमा उनले प्रदेश नं. २ मा मत र वडाध्यक्षको हिसाबले एमाले दोस्रो शक्ति रहेको दाबी गरे। प्रमुख र उपप्रमुखको हिसाबले आफूहरु तल रहेको भए पनि २ नं प्रदेशमा समग्रमा एमाले दोस्रो भएको उनले बताए। नेपालले भने, 'समग्रमा निराशाजनक छैन' पार्टीको आन्तरिक कमीकमजोरी, सरकारी बदमासी र अन्य दलको गठबन्धनका कारण २ नं प्रदेशमा एमाले पछि परेको पनि बताए।

अर्काे प्रश्नमा उनले काठमाडौँ वा रौतहटमध्ये एक ठाउँबाट आफू उम्मेदवार बन्ने बताए। 'जहाँका जनताले माया गर्छन् त्यहीँबाट निर्वाचन लड्छु।' स्थानीय तहको निर्वाचनको समयमा भएका कमीकमजोरीका कारण खोज्दै अघि बढ्ने नेता नेपालको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.